चिनियाँ राष्ट्रपति राजकीय भ्रमणका लागि नेपाल आउँदै

चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि शनिबार(आज) नेपाल आउँदै हुनुहुन्नेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा सी शनिबार नेपाल भ्रमणमा आउन लाग्नुभएकाे हाे ।

सी भारतकाे भ्रमण सकेर नेपाल आउन लाग्नुभएका सी शनिबार अपराह्न ०४ः३०–०५ः३० बजेसम्ममा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएकाे छ ।

सीकाे स्वागतका लागि नेपालले विशेष तयारी गरेकाे छ भने त्रिभुवन विमास्थलमा सीलाई उच्च सम्मानका साथ स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं उपस्थित हुनुहुने छ ।

राष्ट्रपटि सीले साँझ ६ः३० बजे नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । भेटवार्ता राष्ट्रपति कार्यालय, शीतल निवासमा हुनेछ ।

लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरने र साँझ राष्ट्रपति भण्डारीले आयोजना गरेको राजकीय भोजमा सी सहभागी कार्यतालिका रहेकाे छ ।

आइतबार बिहानैदेखि चिनियाँ विशिष्ट अतिथि सी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता हुने कार्यक्रम तय भएकाे छ ।

नेपालले चीनसँग मुख्य गरेर रसुवागढी केरूङ काठमाण्डाैं रेलमार्ग र सीमा क्षेत्रका सडक पुर्वाधार, प्राविधिक विश्वविद्यालयका लागि सहयाेग प्रस्ताव गर्ने तयारी गरेकाे छ ।

दुइ देशका प्रतिनिधि मण्डलवीच वार्ता भएपछि चिनियाँ राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको समुपस्थितिमा दुईपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुनेछन् ।

नेपालको राजकीय भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुअघि राष्ट्रपति सीसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपतिकाे तहमा २३ बर्षपछि नेपाल भ्रमण हुन लागेकाे हाे । यस भ्रमणलाइ उपलब्धिमूलक बनाउन नेपाल लागिपरहेकाे छ ।

Facebook Comments