भारतीय प्रधानमन्त्री माेदी समुन्द्री तटमा सफा गर्दै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको अनौपचारिक वार्ताका लागि चेन्नई पुगेका बेला समुन्द्री तटमा देखा पर्नुभएकाे छ ।
भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहानै समुद्री किनारामा दृश्यावलोनका लागि नभइ समुद्र किनारमा जम्मा भएकाे प्लास्टिक तथा फाेहाेर सफा गर्न पुग्नुभएकाे हाे ।
माेदीले आफू बसेको ताज फिसरम्यान्स कोभ रिसोर्टनजिकैको समुद्री किनारामा गएर फोहोर उठाउनुभएकाे हाे ।
झन्डै आधा घन्टा प्लास्टिकजन्य फोहोर उठाएकाे भिडियाे समेत माेदीले सेयर गर्नुभएकाे छ ।
‘हामीले आफ्ना सार्वजनिक ठाउँ सफा र स्वच्छ छन् भन्ने सुनिश्चित गरौं,’ उनले आफ्नो ट्वीटरमा लेख्नुभएकाे छ, ‘र सधैँ स्वस्थ र तन्दुरूस्त छौं भन्ने पनि सुनिश्चित गरौं।’
चेन्नई नजिकैको मामल्लापुरमको चिनियाँ राष्ट्रपतिसँगकाे बिहीबार सुरू भएको अनौपचारिक कुराकानी सकिएकाे छ।
‘हामीले आफ्ना सार्वजनिक ठाउँ सफा र स्वच्छ छन् भन्ने सुनिश्चित गरौं,’ उनले आफ्नो ट्वीटरमा लेख्नुभएकाे छ, ‘र सधैँ स्वस्थ र तन्दुरूस्त छौं भन्ने पनि सुनिश्चित गरौं।’