चिनियाँ राष्ट्रपति काठमाण्डाैमा

चीनका राष्ट्रपति सी चिनफिङ दुई दिने राजकीय भ्रमणका नेपाल आउनुभएकाे छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीकाे निमन्त्रणामा चीनका राष्ट्रपति सी नेपाल भ्रमणमा आउनुभएकाे हाे ।

भारतको चेन्नईबाट उडेको सी चढेको एयर चाइनाको विषेश जहाज केहीबेरअघि त्रिभुवन विमानस्थलमा अवतरण भएको हो।

पछिल्लो २३ वर्षमा नेपालको राजकीय भ्रमण गर्ने सी पहिलो चिनियाँ राष्ट्रपति समेत हुनुहुन्छ ।

राष्ट्रपति सीकाे स्वागतका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारी, प्रधानमन्त्री, मन्त्रीहरू विमानस्थलमा पुगेका छन् । विमानस्थलमा नै परिचयात्मक कार्यक्रम हुने बताइएकाे छ ।

Facebook Comments