लेकसाइडको हत्या घटनामा संलग्न रहेको आशंकामा पक्राउ(घटना विवरण सहित)

पोखराको लेकसाइडमा १४ बर्षीय बालकको घाँटी रेटेर हत्या भएको घटनामा संलग्न रहेको आशंकामा १ जनालाई पक्राउ गरिएको छ । लेकसाइडमा रहेको निर्माणाधीन घरमा पाल्पाका सचिन सिंजालीको मंगलबार विहान हत्या भएको अवस्थामा शव फेला परेको थियो । निजको हत्यामा पर्वत जिल्लाको मल्लाज घर भई पोखरामा बस्ने वेनी काले भनिने कुमार गर्वुजाको संलग्नता देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पाल्पा घर भइ हाल लेकसाइडमा परिवारसँगै बस्दै आएका सिन्जालीको घाँटी र पेटमा छुरा प्रहार गरि हत्या भएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरि सिंजालीको हत्या भएको हो । गर्वुजा प्रहरी नियन्त्रणमा रहेका र थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख एसपि ओम रानाले उल्लेख गर्नुभयो । सिंजालीका आमा, हजुरआमा र बाबा पोखरा मै भएपनि वेग्ला वेग्लै बस्ने गरेका छन् ।

निजका बाबा गोविन्द सिंजालीको पोखरामा मासु व्यवसाय छ । सोमबार पनि सचिनलाई बाबा गोविन्दले खाजा खाने पैसा समेत दिएर पठाएको बुझिएको छ । यसअघि गोविन्दका कान्छा छोरा सचिन पढाई बिचमै छोडी पोखराका विभिन्न होटलहरुमा काम गर्दै आएको पारिवारीक श्रोतले जनाएको छ ।

लेकसाइड सुरक्षित छ : कार्की

रौतहट सरुवा भएर आफू जाने मानसिकतामा रहेपनि घटना घटेपछि अनुसन्धानमा खटिएको डिएसपि नविन कार्कीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । कार्कीले घटनाले गर्दा आफू स्तब्ध भएको, जिल्ला प्रहरी कार्यालय र आफू मातहतका सहकर्मीहरुको सहयोगले घटना घटेको १२ घण्टाभित्रै हत्यामा संलग्न दोषीलाई पक्राउ गर्न सफल भएको पनि बताउनुभएको छ ।

उहाँले घटनामा व्यक्तिगत इगोका कारण साथी साथीवीच झगडा भएको र हत्या हुन पुगेकाले पोखरा र लेकसाइड क्षेत्रमा कुनै असुरक्षा नरहेको पनि स्पष्ट पार्नुभएको छ । घटनामा व्यक्तिगत इगोका कारण साथी साथीवीच झगडा भएको र हत्या हुन पुगेकाले पोखरा र लेकसाइड क्षेत्रमा कुनै असुरक्षा नरहेको पनि स्पष्ट पार्नुभएको छ ।

Facebook Comments