अन्जना गण्डकी च्याम्पियन लिटिल तर्फ विपना
नव साधना कला केन्द्र पोखराको आयोजना भएको गण्डकी च्याम्पियको उपाधी पोखरा विरौटाकी अन्जना गुरुङले जित्न सफल हुनुभएको छ । त्यस्तै लिटिल गण्डकीको उपाधि भने लेखनाथ आर्दश चोककी विपना क्षेत्री पौडेलले हात पार्नुभएको छ ।
गण्डकी प्रदेश स्तरीय एकल नृत्य प्रतियोगितामा गुरुङ र पौडेल विजेता बनेका हुन । गण्डकी च्याम्पियनको उपविजेता प्रिति पुन गगनगौडा, तेस्रो सविना राना बुढिबजार र सान्तवाना पटनेरीकी एलिना सुनार हुन सफल भएका आयोजकले जनाएको छ ।
उत्कृट भेष भुषामा सविना र अनुशासितमा जस्मिन गुरुङ, लिटिल तर्फ उपविजेतामा युनिसा गुरुङ तालचोक, लेखनाथकी शितल पुन तेस्रो र बुढिबजारका सक्षम गुरुङ सान्तवना भएका छन् ।
लिटिल तर्फ उत्कृष्ट भेषभुषामा युनिसा गुरुङ र अनुशासितमा निलिसा गुरुङ भएका छन।
दुवै विधा तर्फ विजेता उपविजेता तेस्रो र सान्तवनाले क्रमश ५० हजार, २५ हजार, १५ हजार र १० हजार साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेको नव साधना कला केन्द्र पोखराका निर्देशक रविन गुरुङले जानकारी दिनुभयो ।
२०७५ पौष देखि शुरु भएको अडिसनमा ४६५ जना सहभागी भएका थिए । चार चरणमा भएको थियो । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि मन कुमार श्रेष्ठ ,साधना केन्द्रका टक बहादुर गुरुङ लगायतले नगद प्रमाणपत्र र ट्रफी वितरण गर्नुभएको थियो ।

