अमेरिकाले राष्ट्रिय क्रिकेट टोलीका सन्दिप लामिछानेलाई भिसा दियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई भिसा नदिने निर्णय गरेको अमेरिकी दुतावासले पुनः बोलाएर भिसा दिएको छ ।

मंगलबार विहान भिसा लिन दुतावास जाने क्रममा अन्तरर्वार्ता लिने अधिकारीले भिसा दिन नसक्ने बताएको भन्दै सामाजिक सञ्जालमा लामिछानेले पोष्ट गरेपछि यो विषयमा चासो बढेको थियो ।

भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावसले तीन घन्टापछि पुनः बोलाएर भिसा दिएको नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटी जानकारी दिनुभयो ।

यसअघि सन्दीपले क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०१९ खेल्न अमेरिका हुँदै जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेकामा शुरुमा भिसा दिन नसक्ने जवाफ दुतावासका अधिकारीले दिएका थिए ।

Facebook Comments