पार्टी एकता दुरगामी साेचका साथ गरिएकाे हाेः नेकपा अध्यक्ष प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता कसैकाे सनक र लहडमा नभइ दूरगामी सोचका साथ गरिएकाे बताउनुभएकाे छ ।
पूर्वी नेपालकाे इलाममा पार्टीको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता भविष्यकाे राजनीति हेरेर गरिएकाे भन्दै यसलाइ हल्का ढंगले नलिन पार्टी कार्यकर्तालाइ आग्रह गर्नुभयाे ।

अध्यक्ष प्रचण्डले एकता नेतृत्व, नेता र नेतृत्वशैलीबाट मात्र सम्भव हुने तर्क गर्नुभयाे । विगतमा कम्युनिष्ट शक्ति विभाजित हुँदा गैर–कम्युनिष्ट शक्तिले प्रभाव जमाएको प्रचण्डकाे भनाइ छ ।
अध्यक्ष प्रचण्डले २०५० सालमा समेत तत्कालीन मालेका महासचिव मदन भण्डारीसँग पार्टी एकताकाे पहल भएकाे उल्लेख गर्नुभयाे ।
अध्यक्ष प्रचण्डले संविधान निर्माण तत्कालीन माआेवादी केन्द्र र एमालेका कारण सम्भव भएकाे बताउनुभयाे ।

