सदन अवराेध गर्ने काँग्रेसकाे चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बाँकेमा आफ्ना कार्यकर्तामाथि आक्रमण गर्नेलाई कारबाही नभए सदन अवराेध गर्ने चेतावनी दिनुभएकाे छ ।

विहिबार बाँकेको सीतापुरमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको आक्रमणबाट जिल्ला सभापति किरण कोइरालासहित अन्य केही घाइते भएपछि सभापति देउवाले यस्ताे चेतावनी दिनुभएकाे हाे ।

दाङकाे घाेराहीमा पार्टीकाे कार्यक्रमलाइ सम्बाेधन गर्ने क्रममा सभापति देउवाले घटनाका दोषीलाई कारबाही नभए संसद अवरुद्ध गर्ने चेतावनी दिनुभयाे ।

पार्टीको दोस्रो चरणको जागरण अभियानका क्रममा बाँकेको खजुरा नागपालिका २ सीतापुरमा विहिबार आयोजित कार्यक्रम नेकपाका कार्यकर्ताले बिथोल्न खोज्दा झडप हुँदा काँग्रेस सभापति कोइरालाको हात भाँच्चिएको थियाे । 

सभापति देउवाले भन्नुभयाे, ‘हिजो बाँकेका सभापति किरण कोइराला लगायतमाथि जुन ढंगले आक्रमण भएको छ । यसलाई गम्भीर रुप लिएका छौँ । दोषीमा हदैसम्मको कारबाही नभए यो विषयमा संसद चल्न दिँदैनौँ ।’

Facebook Comments