बाँके काँग्रेस सभापतिमाथि आक्रमण गर्नेलाई कारवाही हुन्छः गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले नेपालगन्जमा बाँके कांग्रेस सभापति किरण कोइरालामाथि आक्रमण गर्नेलाई कडा कारवाही गर्ने बताउनुभएकाे छ ।
उहाँले केही व्यक्ति पक्राउ गरिसकिएकाे र अन्यलाइ पनि छिट्टै पक्राउ गरी कानुनी कारवाही गर्ने बताउनुभयाे ।
शुक्रबार संसद्को राज्य व्यवस्था समिति बैठकमा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ दिने क्रममा मन्त्री थापाले दाेषीलाइ कारवाही गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
बैठकमा कांग्रेस सांसद डिला संग्रौला लगायतले घटनामा बाँकेमा काँग्रेसकाे कार्यक्रममा आक्रमण गर्नेलाई कारवाही गरेका थिए ।
बैठकमा नेकपा सांसद महेश्वरजंग गहतराजले उक्त घटनालाई राजनीतिक रूपमा भन्दा पनि आपराधिक घटनाका रूपमा हेरेर कानुन अनुसार कारवाही हुनुपर्ने बताउनुभएकाे थियाे ।
कांग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बिहीबार बाँकेको सीतापुरमा भएकाे कार्यक्रममा नेकपमा संलग्न युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो।

