सत्तारूढ नेकपाकाे सचिवालय बैठक स्थगित

नेपाल कम्युनिष्ट पार्टीको शुक्रबार बोलाइएको सचिवालय बैठक स्थगित भएको छ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिवेदन लेख्न व्यस्त भएकाले बैठक स्थगित भएकाे बताइएकाे छ ।

मंसिर २९ देखि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रतिवेदन लेखनमा अध्यक्ष प्रचण्ड व्यस्त हुनुभएकाे उहाँकाे निजी सचिवालयले जनाएकाे छ ।

पार्टी विधानमा ३ महिनामा बस्ने भनिएपनि १ वर्षपछि बस्न लागेको स्थायी समिति बैठकमा पार्टी विधान संशोधन लगायतका एजेण्डा पेश गर्ने तयारी छ ।

प्रचण्डले पार्टीको कार्यदिशा परिवर्तन गर्ने र उपाध्यक्ष पद थप्ने गरी विधान संशोधनको प्रस्ताव ल्याउन लागेको बताइएको छ।

यसअघि नै सचिवालय बैठकमा नेता बामदेव गाैतमलाइ उपाध्यक्ष बनाउने प्रस्ताव पेश भइसकेकाे छ । सचिवालयले गरेकाे निर्णय स्थायी समिति बैठकले अनुमाेदन गरेपछि लागू हुने बताइएकाे छ ।

Facebook Comments