जिल्ला प्रशासन कार्यालय लमजुङको एकीकृत घुम्ती शिविरमा १२९ नागरिकता वितरण


जिल्ला प्रशासन कार्यालय लमजुङले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । यसैविच लमजुङको दोर्दि गाउँपालिका वडानं ७ पलेनीको दारिमबोटमा एकीकृत घुम्ती शिविरमा ८२जनालाई नयाँ नागरिकता र ४७ जनालाई प्रतिलिपी नागरिकता गरि १२९ नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी झनक ढकालले जानकारी दिनुभयो ।

घुम्ती शिविरमा २ जनालाई जनजाति सिफारिस र १ जनाकोे व्यक्ति एउटै भएको सिफारिस गरिएको छ, १ वटा संस्था नविकरण ,यस क्रममा जिल्ला निर्वााचन कार्यालयबाट ११९ जनाको फोटो सहितको मतदाता नामावलीका लागि नाम दर्ता गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट १ वटा नयां मदिरा विक्री वितरण इजाजतपत्र जारी गरिएको बताइएको छ ।

१जना सेवाग्राहीको पेन्शनको हिसाब मिलान गर्नुको साथै घरेलु तथा साना उद्योग विकास समितिबाट ८ वटा उद्दोग र ५ वटा वाणिज्य दर्ता सेवा प्रदान गरिएको छ ।दोर्दी गाउंपालिकाको स्वास्थ्य शाखाबाट बाट जम्मा ६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । दोर्दी गाउंपालिकाको आयुर्वेद शाखाबाट १०५ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

कृषि ज्ञान केन्द्रबाट २३३सेट तरकारी बीउ वितरण(करेला, घिरौला, बोडी, सिमी, रामतोरीया ) र परामर्श सेवा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट १२८ घरधुरीका १२९३ पशुवस्तुलाई औषधी वितरण र परामर्श सेवा प्रदान गरिएको छ ।

नेपाल टेलिकमबाट ४५ वटा प्रिपेड सिमकार्ड र २ वटा पोष्टपेड सिमकार्ड वितरण गरिएको छ । लमजुङ उद्दोग वाणिज्य संघबाट १० वटा पान नम्वर जारी गरिएको छ । डिभिजन वन कार्यालयबाट ५८ सेवाग्राहीलाई २३२ जानकारीमूलक प्रचार प्रसार सामग्री वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङबाट अपराध न्यूनिकरण सम्बन्धि ५०० भन्दा बढी जनचेतनामूलक पर्चा पम्पलेट वितरण गरिएको छ ।

जनता बैकबाट ६ जनाको खाता खोली बैंकिङ सम्बन्धि परामर्श सेवा प्रदान गरिएको छ । सदरमुकामबाट टाढा दुर्गम क्षेत्रका जनसमुदायलाई घरदैलोमा नै पुगेर सेवा दिने उदेश्यले आयोजित एकीकृत घुम्ती सेवा शिविरमा जनताको उत्साहजनक सहभागिता रहेको बताइएको छ ।

सडकको कमजोर अवस्थाका कारण यातायातको असुविधा, सदरमुकामसम्म आइ सेवा लिन जोहो गर्नुपर्ने खर्च समेतका कारणले वर्षाैदेखि नागरिकता प्राप्त गर्न नसक्नु भएका खासगरी महिला, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, भेडी गोठमा काम गर्ने व्यक्ति समेत सेवा प्राप्त गर्नुहुने सबैमा खुशीको अनुभूति सजिलै देख्दा कर्मचारीहरूमा समेत छुट्टै खुशी,उर्जा र उत्साह देखिएको बताइएको छ ।

Facebook Comments