पोखरा महानगरको वडा नम्वर २९ मा मेलमिलाप केन्द्र स्थापना
पोखरा महानगरको न्यायिक समितिले मेलमिलाप केन्द्रमा स्थापना गर्ने कामलाई तिव्रता दिएको छ । न्यायिक समितिले पोखरा महानगरका ८ वटा वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।
आइतबार पोखरा महानगरपालिका वडा नम्वर २९ मा पनि मेलमिलाप केन्द्र स्थापना गरिएको छ । केन्द्रको पोखरा महानगरपालिकाका उप्रपमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले केन्द्रको उद्घाटनपछि बोल्दै मेलमिलापले टोल, छिमेक र समाजमा सद्भाव कायम गदै समतामुलक समाज निर्माणमा भुमिका खेल्ने बताउनुभयो ।
मेलमिलापमार्फत विवाद समाधान गर्दा वडामा शान्ति स्थापना हुने उहाँको विश्वास थियो । अदालतको झन्झटिलो प्रक्रिया भन्दा वडाका तहका विवाद वडामै समाधान गर्दा सहज र सरल रुपमा विवादको निरुपण हुने उहाँको भनाई रहेको छ ।
वडा नम्वर २९ का अध्यक्ष चेतबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा न्यायिक समितिका उजुरी प्रशासक राममणी अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो ।
वडा नम्वर २९ मा ३ जना मेलमिलापकर्ता रहेका छन् । कार्यक्रममा मेलमिलापकर्तालाई परिचयपत्र, डायरी र कलम न्यायिक समितिका तर्फबाट हस्तान्तरण गरिएको थियो ।

