लायन्स क्लबहरुद्वारा सयुक्त कार्यमा जोड, बृहत स्वास्थ शिविर सम्पन्न

हामी सेवा गछौ भन्ने मुख्य उद्देश्यलाई आत्मसाथ गर्दे स्थापना भएको लायन्स क्लबहरुले सामाजिक सेवालाई निररन्ता दिदै आएका छन् । यसैविच पोखरा स्थित विभिन्न ८ वटा क्लबहरुले गोरखाको पालुङटार नगरपालिका वडानं ५ ठाँटीपोखरीमा बृहत निशुल्क स्वास्थ शिविर शनिबार सम्पन्न गरेका छन् ।

शिविरमा १ हजार ४७ जनाले स्वास्थय जाँच गराएको लायन्स क्लब अफ पोखरा अन्नपुर्णका अध्यक्ष दिनेश तुलाचनले जानकारी दिनुभयो । शिविरमा लायन्स क्लब अन्नपुर्ण ,पोखरा गोल्डेन चौतारी, पोखरा गोल्डेन सोािईटी , पोखरा सुन्दरनगरी,पोखरा डल्फिन,पोखरा दर्शन,पोखरा लामाचौर र लायन्स क्बल गोरखा पालुङटारको संयुक्त आयोजनामा भएकोहो ।

शिविरमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राविधिक सहयोग रहेको थियो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वि १ नेपालका क्याविनेट सेक्रेटरी राम बसेलको प्रमुख आतिथ्यतामा भएको थियो । प्रमुख अतिथि बसेलले ज्येष्ठ नागरिक ८४ बर्षिय लेखनाथ देवकोटालाई प्रेस्किृप्सन हस्तान्तरण गरेर उदघाटन गर्नुभएको थियो ।

उद्घाटन मन्तब्य राख्दै प्रमुख अतिथि बसेलले जहाँ आवश्यकता त्यहा लायन्सको भावना अनुरुप लायन्स क्लबले स्वास्थ्यको पहुँच नपुगेको ठाँउमा मानविय सेवाका कार्य गर्दै आएकोे बताउनु भयो ।

।कार्यक्रममा डिष्ट्रिक चिफ पिआरओ परमेश्वर बराल, डिष्ट्रिक्ट एडभाइजर किशोर बराल, रिजन चेयरपर्सन नविन भण्डारी, लायन्स क्लब अफ पोखरा अन्नपुर्णका अध्यक्ष दिनेश तुलाचन, गोल्डेन चौतारीका अध्यक्ष खेमराज बराल, गोल्डेन सोसाईटीका निर्मला आचार्य, सुन्दर नगरीका शोभाखर भण्डारी, डल्फिनका उमेशचन्द्र देवकोटा, लामाचौरका सञ्जय लामा, दर्शनका सञ्जु भण्डारी र लायन्स क्लब अफ गोर्खा पालुङटाका अध्यक्ष तेजु गिरी लगायतले स्वास्थ्य शिविर अति आवश्यक वर्गलाई लक्षित गरी आयोजना गरिएको हुँदा सेवा लिई लाभान्वित हुन हुन स्थानियबासीलाई अनुरोध गरेका थिए ।

शिविरमा मुटुरोग बिशेषज्ञ आशिष त्रिपाठी लगाएतका अन्य डाक्टरहरुद्धारा मुटुरोग, सुगर, थाईरोईड, पेट तथा छाती, नाक कान तथा घाटी लगाएतको निशुल्क परिक्षण गरि औषधि वितरण गरिएको थियो ।कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ पोखरा अन्नपूर्णको अध्यक्ष लायन दिनेश तुलाचनले, स्वागत मन्तव्य गोखा पालुङटारका अध्यक्ष लायन तेजु गिरी, कार्यक्रम संचालन लायन्स क्लब दर्शनका अध्यक्ष सञ्जु भण्डारी तथा धन्यवाद लायन्स क्लब डल्फिनका अध्यक्ष लायन उमेशचन्द देवकोटाले गर्नु भएको थियोे।

Facebook Comments