२०औं माछापुच्छ्रे फूल कन्ट्याक्ट कराते प्रतियोगिताको तयारी पुरा

नेपाल स्ट्रोङगेष्ट क्युकोशिन कराँते संघ कास्कीको आयोजनामा २०औं माछापुच्छे« फुल कन्ट्याक्ट कराते प्रतियोगिता तथा सुवेदार मेजर धनबहादुर गुरुङ कप २०७५को तयारी पुरा भएको छ । पोखराको ढुङगे साघुमा माघ १ गते मंगलबार हुने प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष कृष्ण बहादुुर नेपालीले जानकारी दिनुभएको हो ।

कार्यक्रममा कराते प्रतियोगिता संगै डेमोस्ट्रेशन, विभिन सास्कृतिक कार्यक्रम समेत हुने कार्यक्रम संयोजक सन्तोष भण्डारीले बताउनु भएको छ । कार्यक्रमको ब्यबस्थापन पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालि रहेको छ ।

ढुङगेसाघुमा विगत २० बर्षदेखि कराते प्रतियोगिता हुदै आएको छ । माघ १ गते ढुङगे साघु नुहाउन जानेहरुलाई पनि त्यहाँ हुने प्रतियोगिताले ढुङगेसाँघुको रौनक थप्ने गरेको आयोजकको दावी छ ।

Facebook Comments