बगर भाई खलकले टुँडी खेल मैदान स्त्तरोन्नतीका सहयोग गर्ने
यूवा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका वडा नं १ स्थित टुँडी खेल मैदानको स्त्तरोन्नतीका लागि राष्ट्रिय खेलकुद परिषद मार्फत १५ लाख प्रदान गर्ने भए पछि स्थानीय संघ संस्थाले पनि टुँडी खेलको स्तरोन्नतिका लागि सहकार्य गर्ने भएका छन् ।
कुनै बेलाको चर्चित खेल मैदान लामो समय देखि अलपत्र परेको र मैदानको खाली ठाउँलाई विभिन्न सरकारी निकाय, क्लब, संघ संस्थाले ओगट्न थालेपछि मैदानको अस्तित्व जोगाउन स्थानीय संघ संस्थाका तर्फबाट चासो व्यक्त गरिएको हो ।
पोखरा बगर स्थित प्रतिष्ठित संस्था बगर भाइखलकले मैदानको अस्तित्व रक्षा गर्न र स्त्तरोन्नत्तिका लागि १ लाख ५१ हजार प्रदान गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिनुभयो । संस्थाको सामाजिक उत्तरदायित्व बहन गर्न सो निर्णय गरिएको उहाँको भनाई छ ।
पोखरा बगर स्थित राष्ट्रिय माबीले केही हदसम्म संरक्षणको प्रयास गरे पनि सफल भने हुन सकेको थिएन । बगर भाइ खलकले मैदानको स्तरोन्नती र संरक्षणका लागि सबै संघ संस्था र क्लबहरुलाई आह्वान पनि गरेको छ । अध्यक्ष गुरुङले मैदान स्त्तरोन्नतीका लागि सुरु भएको अभियानमा जुट्न सबैलाई आग्रह गर्दै भन्नुभयो –‘टुँडी खेल मैदान पोखराको परिचय पनि हो यसको सहयोगका लागि जुटन म अनुरोध गर्छु ।’
यसै विच बगर भाइखलकले यहि माघ ८ गते बाट ‘स्वास्थ्यका लागि एक घन्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने उद्घोषका साथ आयोजना गर्ने आठौ संस्करणको ‘स्व. रन्जीत गुरुङ स्मृती बगर भाईखलक एट–ए–साईड अन्तर्रा्ष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता’ हुँदैछ ।
यस पटक अखिल नेपाल फुटबल संघ (एन्फ)का उपाध्यक्ष एवम पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक कृष्ण थापालाई सम्मान गर्ने भएको छ । २ विदेशी टिम सहित २५ टिमको सहभागिता रहने उक्त प्रतियोगिताको अन्तिम तयारीका लागि जुटी रहेको बगर भाई खलकले जनाएको छ ।

