पोखरामा सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ शुरु

पोखरामा दोश्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०७५ शुरु भएको छ । प्रतियोगितामा विभागिय ३ टोली सहित सातै प्रदेशका १÷१ गरि कुल १० टिमको सहभागिता रहेको छ । उद्घाटन खेलमा आयोजक गण्डकी प्रदेश र नेपाल पुलिस क्लबवीच प्रतिस्पर्धा भएको छ ।

उद्घाटन खेलमा नेपाल पुलिस बिजयी भएको छ । उद्घाटन खेलमा नेपाल पुलिसले गण्डकीलाई ३–१ को सोझो सेटमा पराजित गरेको हो । पुलिसले गण्डकीलाई २५–१९, २५–२० र २५–१७ को सेटमा पराजित गरेको हो ।

त्यसै गरि नेपाली सेनाको त्रिभुबनआर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । जारी खेलमाप्रदेश नं ३ ले नेपाली सेनालाई २५–१०, १२–२५, २५–२० र २५–१४ को सेटमा पराजित गरेको छ ।

मंगलबार सम्पन्न अर्को खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लब र प्रदेश ५ ले आ–आफ्नो खेल जितेका छन । शसस्त्रप्रहरीले प्रदेश नं १ लाई २५–३, २५–८, र २५–३ को सोझो सेटमा पाखा लगायो । प्रदेश नं ५ ले प्रदेश नं २ लाई २५–१०, २५–१४ र २५–८ का् सोझो सेटमा पराजित गर्यो ।

प्रतियोगितामा विजेता हुने टिमले सम्भवत नेपालको भलिबल खेलकै इतिहासमा पहिलो पटक सर्वाधिक नगद राशी नगद रु.३ लाख ५० हजार, दोश्रोले १ लाख ७० हजार, तेश्रोले १ लाख र चौथोले सान्त्वना स्वरुप रु. ५० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका साथै अन्य उत्कृष्ट विधाहरुमा बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सर्भर, बेष्ट सेटर, बेष्ट लिब्रो, वेष्ट प्रशिक्षकलाई जनही रु. ५ हजार र उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको सम्पूर्ण भ्रमण भत्ता, ट्रयाकसुट सहित अन्य खर्च व्यवस्थापन आयोजकले नै गर्ने भएको छ ।

प्रतियोगितामा कुल १६ खेल सम्पन्न हुनेछन । जस अनुसार नेपाल पुलिस, प्रदेश नं १ र सुदुरपश्चिम प्रदेश पुल ए मा रहेकाछन । त्यसैगरि पुल बि मा प्रदेश नं ५, २ र कर्णाली प्रदेश, पुल सि त्रिभुबव आर्मी क्लब र पुल डि मा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश रहेका छन ।

माघ १ र २ गते लिग खेलहरु हुने छन भने ३ र ४ गते क्वाटर फाइनल र सेमीफाइनलका खेलहरु सम्पन्न हुनेछन । माघ ५ गते तेश्रो स्थान तथा फाइनल खेल सम्पन्न हुने जनाइएको छ ।
तस्वीरः सुदर्शन रन्जित

Facebook Comments