धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्र बहादुर खत्री निर्वाचित

धादिङ उद्योग वाणिज्य संघको निर्वाचनबाट रुद्र बहादुर खत्री अध्यक्षमा निर्वाचित हुनुभएको छ । जिल्लामा सोमबार आयोजित २५ औ बार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा नेकपा निकट व्यवसायीहरुको प्यानलबाट अध्यक्षका प्रत्यासी खत्रीले प्रतिस्पर्धी विष्णु थपलियालाई हराउँदै अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

खत्रीले ६५४ मत प्राप्त गर्नुभएको छ भने प्रतिद्वन्दी विष्णु प्रसाद थपलियाले ६१२ मत ल्याउनुभएको छ । संघको अन्य सदस्यहरुमा पनि नेकपा निकटकै व्यवसायीहरुले जित हाँसिल गरेका छन् ।

Facebook Comments