विवेकशील नेपाली दलकाे अध्यक्षमा मिलन पाण्डे चयन

विवेकशील नेपाली दलको अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनबाट अध्यक्षमा मिलन पाण्डे निर्वाचित हुनुभएकाे छ ।

अध्यक्षका प्रत्यासी शिव थापा पाण्डेसँग पराजित हुनुभएकाे हाे ।

विवेकशीलको जनकपुरमा मंगलबारदेखि सुरू राष्ट्रिय सम्मेलन भने कात्तिक २ गतेसम्म चल्नेछ।

अहिलेसम्म अध्यक्षमा पाण्डे, महासचिवमा निर्देश सिलवाल र नीति सचिवमा सञ्जिव भट्टराई निर्वाचित भएकाे साे पार्टीले जनाएकाे छ ।

विवेकशील साझा पार्टीसँग विभाजन भए विवेकशील पार्टी भनेकाे हाे भने पार्टीकाे नेतृत्व चयनका लागि निर्वाचनमा नो भोटको व्यवस्था पनि मिलाइएको थियो।

विवेकशीलको ९९ सदस्यीय कार्यसमितिमा सात प्रदेशबाट पाँच जनाका दरले सदस्यहरू चयन हुने प्रावधान रहेकाे छ ।

प्रदेश निर्वाचन पछि हुने भएकाले जनकपुर सम्मेलनबाट भने २२ सदस्यीय समिति चयन हुने अध्यक्षमा निर्वाचित पाण्डेले जानकारी दिनुभयाे ।

Facebook Comments