माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँतेमा पुरुष तर्फ वालिङका निश्चल र महिला तर्फ भैरहवाका लक्ष्मी च्याम्पियन
नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ कास्कीको आयोजनामा पोखरामा २०औं माछापुच्छे« फुलकन्ट्याक्ट कराँते प्रतियोगिता तथा सुवेदार मेजर धन बहादुर गुरुङ स्मृति कप २०७५ सम्पन्न भएको छ ।

पोखराको एतिहासिक ठाउँ ढुङेसाँघुमा भएको प्रतियोगितामा ६ इभेन्टमा भएको प्रतिस्पर्धामा खुल्ला पुरुष तर्फ स्याङजा वालिङका निश्चल थापा च्याम्पियन बने भने खुल्ला महिला तर्फ भैरहवाकी लक्ष्मी मल्ल ठकुरी प्रथम भएकी छन् ।

पुरुष खुल्ला तर्फ रुपन्देही डोजोका आनन्द पुर्जा द्रोस्रो ,वालिङ डोजोका टंक प्रसाद सारु र चितवन डोजोका सुमन घिसिङ तेस्रो भए । यस्तै महिला खुल्ला तर्फ चितवन डोजोकी लक्ष्मी लामा दोश्रो ,भैरवा डोजोकी मीरा पौडेल र भैरवा डोजोकै निर्मला थापा क्षेत्री तेश्रो भए ।

यस्तै ५५ केजी तौल समुहमा पोखराका उज्ज्वल राना मगर प्रथम भए भने भैरहवाका सन्देश सुनार दोश्रो,पोखराका ज्ञानेन्द्र सिङ ठकुरी र वालिङका लक्ष्मण थापामगर तेस्रो भए । यस्तै ४८ केजी तौल समुह विचको प्रतिस्पर्धामा भैरहवाका जितेन्द्र बढाई प्रथम,वालिङका विक्की गुप्ता दोश्रो , वालिङकै किशोर पंगेनी र निरजराना तेश्रो भए ।
४२ केजी तौल समुहमा चितवनका सेन्तोप मर्दिनिया प्रथम,चितवनका दिपेन सापकोटा दोश्रो र पोखराका सुजन शेर्पा र अनिष बुढामगर तेश्रो भए । यस्तै ३५ केजी तौल समुहमा वालिङका नरेन्द्र गुरुङ प्रथम, वालिङकै रविया कुमार दोश्रो र वालिङकै अंकित थापा र पुर्ण गुरुङ तेश्रो भए ।
प्रतियोगितामा भैरहवा, बुटबल,वालिङ, चितवन, धादिङ र पोखरा डोजोका विभिन्न शाखा बाट कराँते खेलाडीहरुको सहभागिता रहेको थियो । विजेताहरुलाई शिल्ड मेडल र प्रमाणपत्र उपलब्ध गराइएको थियो ।
खेलकुद महोत्सव गर्नुपर्छ : वडाध्यक्ष अधिकारी
आयोजक नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर नेपालीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडानं १७का वडा अध्यक्ष तिर्थराज अधिकारीले ढुङेसाँघुलाई खेलकुदको महोत्सवको आयोजना गर्नको लागि वडाले सहयोगगर्ने बताउनुभयो ।

अधिकारीले खेलको माध्यमबाट राष्ट्र इज्जत राख्न सकिने भन्दै खेलकुदलाई आफुहरुको तर्फबाट सक्दो सहयोगर्ने बताउनु भयो । यसैविच स्वर्गीय सुवेदार मेजर धनबहादुर गुरुङको परिवारद्धारा २ लाख ५० हजाको अक्षयकोषकोपनि निर्माण गर्ने घोषणा गर्नुभयो ।
प्रतियोगिता संयोजक सन्तोष भण्डारी, नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँते संघ मुख्य रेफ्री रत्न बहादुर आले लगायतले खेलको महत्वबारे बोल्नुभएको थियो । सो अवसरमा डेमोष्ट्रेसन सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

