एट ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक पोखरा डाउन टाउनलाई
लायन्स क्बब अफ पोखरा डाउन टाउनले आयोजना गरेको अन्तर लायन्स फुटबल प्रतियोगिताको उपाधि आयोजकले हात पारेको छ । फागुन २ गतेदेखी शुरु भएको प्रतियोगिताको उपाधि प्रतिष्पर्धामा आयोजकले आज लायन्स गोल्डेन चौतारीलाई ५–० गोलअन्तरले पराजित गरि उपाधि सहित नगद रु. ५५ हजार ५५५, शिल्ड तथा प्रमाणपत्र प्राप्त ग¥यो ।
त्यस्तै उपविजेता बनेको गोल्डेनले रु. ३३ हजार ३३३ सहित शिल्ड र प्रमाण पायो । प्रतियोगितामा १६ टिम सहभागि भएको प्रतियोगिता संयोजक सुशील पौडेलले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीको उपाधि आयोजकका दिलिप गुरुङले हात पारे । त्यस्तै उत्कृष्ट डिफेन्डरमा हिटलर घले, सर्वा्धिक गोलकर्ता विनोद गुरुङ तथा किपर विरेन्द्र गौचन घोषित भए । उत्कृष्ट फरवार्ड गोल्डेनका दिनेश श्रेष्ठ घोषित भए ।
खेलकूदलाई प्राथमिकता: मन्त्री चुमान
प्रतियोगिता समापन कार्यक्रमा गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले प्रदेश सरकारले खेलकूदको विकासलाई महत्व दिएको बताउनुभयो । मन्त्री चुमानले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रियस्तरका प्रतियोगितामा सहभागी भएर देशको नाम राख्ने खेलाडीहरुलाई सम्मान गरी उनीहरुको आत्मबल बढाउने योजनामा सरकार रहेको जानकारी दिनुभयो ।
क्लबका अध्यक्ष भानुभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रिकका पूर्व गर्भनर धुव्र थापा, रिजन चियर पर्सन कृष्ण आचार्य, निर्वतमान अध्यक्ष हरि पराजुली, संस्थापक अध्यक्ष प्रमोद लामिछाने तथा रहमोहन सुवेदी लगायतले आफ्नो भनाई राखेका थिए ।

