माैषम खराव भएपछि धानखेतमै हेलिकाेप्टर आकस्मिक अवतरण

लुक्लाबाट काठमाडौँको लागि उडेका सातवटा हेलिकोप्टरहरु काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएकाे जानकारी अनुसार मौसम खराब भएका कारण हेलिकोप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा सातवटा हेलिकोप्टर अवतरण गरिएको हो । 

मंगलबार लुक्लाबाट काठमाडौ उडेका चार वटा हेलिकप्टर काभ्रेको पाँचखालमा तथा काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् । 

 सातवटै हेलिकोप्टरमा सवार यात्रुहरु सकुशल रहेका छन् । हेलिकोप्टरमा सवार यात्रुहरुमा अधिकांश विदेशी रहेको प्रहरीले जानकारी दिएकाे छ ।


मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका एक÷एक वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् ।  

त्यस्तै, नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालमा आएका तस्वीरमा धानखेतमा नै हेलिकप्टर अवतरण भएका देखिन्छ ।

Facebook Comments