कास्कीकी सांसद विद्याकाे पद तथा गाेपनियताकाे सपथ सम्पन्न

कास्की क्षेत्र नं‍. २ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिनुभएकाे छ ।

भट्टराईलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएकाे हाे ।

गत मंसिर १४ मा सम्पन्न भएकाे उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे ।

तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको थियाे ।

उक्त क्षेत्रमा नेकपाले रवीन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो। आगामी पुस ४ गतेदेखि प्रतिनिधिसभा संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ। 

Facebook Comments