एम्बुलेन्स अक्षयकोष निर्माणमा अर्यालद्धारा १० हजार सहयोग

स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा सञ्चालनमा आएको एम्वुलेन्सलाई दिगो बनाउन अक्षयकोष निर्माणमा सहयोग आउनेक्रम जारीरहेकोछ ।
यसैविच भीरकोट नगरपालिका वडान ५ स्वरेक पकान घर भई हाल दक्षिण कोरियामा कार्यरत शालिग्राम अर्यालले अभियानको सफलताको कामना गर्दे नगद १० हजार सहयोग गर्नुभएको छ । अर्यालले स्वास्थ्थ भन्दा ठुलो धन नभएको भन्दै विरामीहुदा तत्तकाल एम्बुलेन्स सेवा लिने बातावरण तयार गर्न आफुले अक्षयकोषमा थौरै भएपनि सहयोग गरेकोे बताउनुभयो ।अर्यालले सवै विरामी, घाइते, डेलिभरी हुने सवैले एम्बुलेन्सको प्रयोग गर्नपनि आग्रह गर्नुभएको छ ।

नमुना स्वरेक सहयोगी समाज स्याङजा र नमुना स्वरेक सामाजिक कोष कतारको सहकार्यमा सञ्चालनआइरहेको एम्बुलेन्समा हाल सम्म अक्षयकोष निर्माणमा मात्रै झण्डै ३ लाख जम्मा भएको समाजका अध्यक्ष घनश्याम पाण्डेयले बताउनु भयो ।
यहि असार २२ गते देखि स्वरेकमा एम्बुलेन्स सञ्चालनमा आएको छ । अभियानका संयोजक भेषराज पराजुलीले यस अघि अभियानमा स्वतस्फुर्तरुपमा सहयोग घोषणा गरेकाहरुलाई पनि जतिसक्दो रकम सहयोग गरेर अक्षयको कोष निर्माण अभियानलाई पनि सफल बनाईदिन आग्रह गर्नुभएको छ । १०लाखको अक्षयकोष निर्माण गर्ने आफुहरुको लक्ष्य रहेको समाजका उपाध्यक्ष यमलाल शर्मा पंगेनीले बताउनु भयो ।

Facebook Comments