५५ नेपालीको विदेशमा लगानी रहेको नेपालिक्सको खुलासा
‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत छन् ।
५४ वर्षअघि बनेको ‘नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन’ २०२१ अनुसार, नेपालीले विदेशमा लगानी गर्न पाउँदैनन् । अन्तर्रा्ष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्ना्लिष्टस्’ (आईसीआईजे) ले उपलब्ध गराएको विवरण र खोज पत्रकारिता केन्द्र नेपाल (खोपके) ले गरेको थप अनुसन्धानले ५५ जना नेपालीले विदेशमा लगानी गरेको फेला परेको छ ।
विदेशमा लगानी गर्नेमा नेपालमा नाम चलेका प्रतिष्ठित उद्योगीरव्यवसायीदेखि नामै नसुनिएकाहरू पनि छन् । केहीको ठेगाना खुल्न सकेको छैन । नेपालमै व्यवसाय गर्ने तर गैरआवासीय नेपालीको पहिचान बनाएका कतिपयले पनि विदेशस्थित ‘ट्याक्स हेवन’ (कर छलीका लागि अनुकूल देश) मुलुकमा लगानी गरेको भेटियो । गैरआवासीय नेपालीलाई विदेशमा लगानी गर्न कानूनले रोक त लगाएको छैन, तर उनीहरूले ट्याक्स हेवन मुलुकमा कम्पनी खोलेकाले लगानीको त्यो स्रोत माथि शंका गर्ने ठाउँ छ ।
यसरी लगानी गर्नेहरुमा पूर्व सांसद् वीरेन्द्र महतो, व्यवसायी एवं एनआरएनका स.स्थापक उपेन्द्र महतो, निरजगोविन्द श्रेष्ठ, अजेयराज सुमार्गी, अर्जुन शर्मा, अरुणकुमार चौधरी राजेन्द्रकुमार काव्रा र श्रीमती रेखा काव्रा लगायत छन् । त्यस्तै नवाङ डोल्मा, उमादेवी सिंघानिया, रिनुका प्रधान पुुनम प्रधान र अजयप्रसाद प्रधान, विमलकाजी ताम्राकार, विश्ववरसिंह थापा, नवीन्द्र जोशी, विश्वधर तुलाधर लगायतको विदेशमा लगानी रहेको देखिन्छ ।
विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन– २०२१ अनुसार विदेशमा लगानी गरे जेल सजायसम्म हुने व्यवस्था छ । यो कानून ‘नेपालभित्र वा बाहिर जहाँसुकै रहे बसेका नेपाली नागरिक र नेपालभित्र स्थापित भएको सङ्गठित संस्थाहरूलाई लागू हुने’ उल्लेख छ । सममारचाको विस्तृत विवरण खोपकेको वेभसाइटमा रहेको छ ।
पुरा समाचारको लागि निम्न वेभसाइडमा जानुहोस् । https://cijnepal.org.np/nepa-leaks-05/

