पत्नीको उपचारका लागि प्रचण्ड अमेरिका जाने
पत्नी सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अमेरिका जानुहुने भएको छ । पार्किसन्स रोगबाट पीडित पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आइतबार साँझ अमेरिका जाने बताइएको छ ।
प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाइँ जीवन आचार्य पनि अमेरिका जानेछन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि सीतालाई झन् रोगले च्यापेको छ । यसअघि सीताको उपचार भारत र सिंगापुरमा पनि गरिए पनि स्वास्थ्यमा सुधार नभएपछि अमेरिकामा उपचार गर्न लागिएको हो ।
Facebook Comments

