सत्य निरुपण र बेपत्ता छानविन आयोगले छिट्टै पूर्णता पाउँछनः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानविन आयोगले छिट्टै पूर्णता पाउने बताउनुभएको छ ।

उक्त आयोगहरुमा पदाधिकारी नियुक्ति नहुादा शान्ति प्रक्रियाका काम अगाडि बढ्न सकेका छैनन् । कुटनीतिक नियोग, राष्टसंघ लगायतबाट संक्रमणकालीन न्याय सम्बन्धमा सरकारले चासो नदिएको भन्दै गम्भीर चासो व्यक्त गरिरहेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दुवै आयोगमा पदाधिकारी नियुक्ति छिट्टै हुने बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाएका छौं। सिफारिस आउने बित्तिकै सरकारले विलम्ब नगरी पदाधिकारी नियुक्त गर्छ ।’

संक्रमणकालीन न्यायका कामहरू पूर्व प्रतिबद्धता अनुसार सरकारले पूरा गर्ने उहाँकोभ नाई रहेको छ ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिका लागि गत चैत १५ गते नै सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति बनाएको थियो ।

यसअघि नै सत्यनिरूपण तथा मेलमिलाप आयोगमा करिब ६३ हजार र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी आयोगमा तीन हजार १ सय उजुरी परेका छन् । पदाधिकारी नहुँदा ति उजुरीहरुउपर कार्वाही हुन सकेका छैनन् ।

Facebook Comments