नेपालमै पहिलो पटक पोखरामा अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस हुने

नेपालकै पर्यटकीय राजधानीको रुपमा परिचित पोखरामा आउने अक्टुवर १६ तारिखमा अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस २०१९ हुने भएको छ ।

पोखरा उद्योग बाणिज्यसंघका पुर्व अध्यक्ष एवं कार्यक्रम संयोजक विश्वशंकर पालिखेले नेपालमै पहिलो पटक हुन लागेको प्रतियोगिता भब्य र सभ्य रुपमा सफल पार्न तयारीमा लागिपरेको जानकारी दिनुभयाे ।

एक समुहमा ३ जना हुने रेसमा चाइना बाट १५ देखि २० टिमको सहभागिता रहने जनाइएको छ ।

नेपालको पोखरा र काठमाडौ बाट पनि कम्तीमा १० टिमको सहभागिता रहने अपेक्षा गरिएको पालिखेकाे भनाइ ।

कुल ४२.२ किलोटिरको हुने रेसमा बाराही घाटबाट पोखरा ड्यामसाइड छोरेपाटन फुस्रे खोला सम्म दौड हुने छ भने फुस्रे खोलाबाट मट्टिखान हुदै स्याङजा कुभिन्डे सम्म समुहमा रहेका तिन जना मध्य एक जना साइकलमा हुनेछन भने दुई जना दौडने छन् यस्तै र कुभिन्डेदेखि भने सवै समुहमा दौडने छन् ।

रनिङ गर्दे कालाबाङ पुम्दीभुम्दी हुदै शान्तिस्तुपाबाट रानीबन आएर उनिहरु डुङाबाट रेस शुरुभएकै स्थान बाराहीघाटमा आइपुग्ने बताइएको छ ।

२२ किलोमिटर रनिङ, १९ किलोमिटर साइकिलिङ र १.२ किलोमिटर डुङगाबाट हुने बताइएको छ , पालिखेले केही दिनमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताउनुभयोे ।

पोखरामा हुदै आएको म्याराथन भन्दा फरक भएको र नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको बताउनुभयो ।

अन्तराष्ट्रिय माउण्टेन क्रस कन्ट्री रेस सफल पार्न अहिले विभिन्न उप समिति निर्माण गरेर कामहरु गरिरहेको बताइएको छ ।

यस प्रतियोतिा समुहमा भएकोले एक ब्यक्ति मात्रैले छोटो समयमा दुरी पार गरेर प्रथम हुन नसक्ने नियम रहेको छ । प्रथम हुनको लागि तिनै जना आएको समय काउण्ट हुने बताइन्छ ।

Facebook Comments