नेकपा अध्यक्ष प्रचण्ड अस्पतालमा

 नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपचारका लागि मेडिसिटी अस्पताल पुग्नुभएकाे छ ।

प्रचण्डकाे निजी सचिवालयले दिएकाे जानकारी अनुसार दाँतको उपचारका लागि प्रचण्ड साे अस्पताल पुग्नुभएकाे हाे ।

प्रचण्ड लामो समयदेखि दाँतमा समस्याबाट ग्रसित रहेकाले बुधबार उपचारका लागि नेपाल मेडिसिटी अस्पताल ललितपुर जानुभएकाे सचिवालयले उल्लेख गरेकाे छ ।

उपचारमा संलग्न चिकित्सकहरुले एउटा दाँत निकाल्नु पर्ने बताएका छन् ।

Facebook Comments