डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था छैनः स्वास्थ्यमन्त्री यादव

सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुका कारण आपतकालीन अवस्था घोषणा गर्नुपर्ने अवस्था नरहेको बताउनुभएकाे छ ।

उपप्रधानमन्त्री यादवले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको मन्त्री यादवले जानकारी दिनुभयाे ।

बुधबार संसदमा विशेष समय लिएर बोल्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले डेंगु संक्रमणको अवस्था जटिल अवस्थामा नरहेको जिकीर गर्नुभयाे ।

मृत्युदर अत्यन्त न्युन रहेकाले आपतकालीन अवस्था घोषणा गर्नुपर्ने हदमा नरहेको मन्त्री यादवकाे भनाइ रहेकाे छ ।

विकसित मुलुकमा पनि डेंगु नियन्त्रण चुनौतीको रुपमा रहेको भन्दै नेपालको स्वास्थ्य प्रणाली यस्ता महामारी नियन्त्रण गर्न सक्षम रहेको मन्त्री यादवकाे जिकीर थियाे ।

डेंगु रोगबाट बच्न हालसम्म कुनै निश्चित औषधी र प्रभावकारी खोप नभएकै कारण यसको नियन्त्रणमा कठिनाइ भएको मन्त्री यादवले उल्लेख गर्नुभयाे ।

यसैवीच सरकारले काठमाडौंमा डेंगु परीक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रहेको सेवा अब त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र निजामती कर्मचारी अस्पतालमा पनि विस्तार गरेकाे छ ।

यद्यपि सत्तारूढ दलकै सांसदहरूले स्वास्थ्यमन्त्रीले जानकारी अविश्वसनीय रहेको र डेंगुको प्रकोप अत्यधिक रहेको दावी गरेका थिए ।

नेकपा सांसद खगराज अधिकारीले अहिले स्वास्थ्य संकटकाल (हेल्थ इमरजेन्सी) कै अवस्था रहेको जिकिर गर्नुभयाे ।

Facebook Comments