पोउवा संघद्धारा ६५ औँ अधिवेशनको सन्दर्भमा मानव सेवा आश्रमलाई दराज सहयोग
पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५ औं अधिवेशनको सन्दर्भमा पोखराको बिरौटामा रहेको मानव सेवा आश्रमलाई पाँचवटा स्टिल दराज प्रदान गरेको छ ।
आश्रममा रहेका आश्रितहरुको कपडा व्यवस्थित तरिकाले राख्ने प्रयोजनका निम्ति करिब ४० हजार बराबरका दराज प्रदान गरिएको हो ।
संघकी उपमहासचिव चिनु गुरुङको समन्यमा ती सामान हन्तान्तरण गरिएको हो ।
संघका महासचिव अर्जुन पोखरेल,उपमहासचिव चिनु गुरुङसहित संघका कार्यसमितिका सदस्य ऋषिराम भण्डारी,रामेश्वर अधिकारी,चिन्तामणि बास्तोला, तारानाथ ढुंगाना,संघका कार्यकारी निर्देशक टोपबहादुर थापा, संघअन्तर्गतको बालश्रम न्यूनिकरण कार्यक्रमका कार्यक्रम संयोजक सरिता ताम्राकार, प्रिति पाण्डे लगायतले आश्रमका जिल्ला संयोजक राजन सापकोटालाई ती सामान हस्तान्तरण गरेका हुन् ।
दराज हस्तान्तरण कार्यक्रमका संक्षिप्त मन्तव्य दिँदै संघका महासचिव अर्जुन पोखरेलले मानवीय सेवाको लागि संघले यो काम गरेको बताउनुभयाे ।
मानव सेवा आश्रमले गरेका कामहरु सह्रानीय रहेको बताउँदै उनले आश्रमलाई राज्यका निकायहरुबाट पनि सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयाे ।
उहाँले मानवीय सेवामा क्रियाशिल संस्थालाई आवश्यक पर्ने सहयोग गर्न निजी क्षेत्रसँग आग्रह पनि गर्नुभयाे ।
संघको ६५ औँ वार्षिक अधिवेशन यही असोज ४ गते संघको सचिवालयमा आयोजना हुँदै गरेको संघका केदार कोइरालाले जानकारी दिनुभयाे ।
मानव सेवा आश्रममा अहिले ९६ जना आश्रितहरु रहेका छन् । त्यहाँ रहेका आश्रितको लागि दैनिक ४५ हजार रुपैयाँ खर्च लाग्छ । संस्थाले सडकमा रहेका र आफन्त नभएकाहरुलाई आश्रममा ल्याएर सेवा दिँदै आएको छ । त्यहाँ रहेकामध्ये अधिकांश मानशिक रोगले ग्रसित रहेको आश्रमका संयोजक राजन सापकोटाले जानकारी दिनुभयाे ।

