नेपाल वायुसेवा निगमलाई ‘पब्लिक लिमिटेड’मा लैजान सुझाव
नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगमलाई ‘पब्लिक लिमिटेड’मा लैजान सुझाव दिएकाे छ ।
नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदनमा यस्ताे सुझाव दिएकाे हाे ।
प्रतिवेदनमा निगम आर्थिक रुपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिइएको छ । जसमा सरकार र पब्लिकको समेत लगानी हुनेछ ।
समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगमसुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो ।
पूर्व सचिव शुशील घिमिरे नेतृत्वको ५ सदस्यीय समितिले विभिन्न १३ बुँदामा प्रतिवेदन तयार पारी बुझाएकाे हाे ।
प्रतिवेदन बुझ्दै मन्त्री भट्रराईले समितिको प्रतिवेदन अधययन गरेर तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
त्यस्तै प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनुका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महंगो व्याजदरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवाश्यक देखिएको, संस्थागत पुर्नसंरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएको लगायत छन् ।
त्यस्तै विगमसँग थरिथरिका विमान भएकाले मर्मत लगायतमा खर्च बढेको, जहाजसंख्या थोरै भएको, भएका जहाज पनि अधिकांश ग्राउण्डेड हुने गरेको, निगमका ६ वटा जहाजबाट मात्रै गत आर्थिक बर्षमा ९१ करोड रुपैयाँ घाटा बेहोरेको उल्लेख छ ।
प्रतिवेदन बुझ्दै मन्त्री भट्रराईले प्रतिवेदन कार्यान्वयन गर्ने बताउनुभयाे ।
उहाँले मन्त्रालयको वेभसाइडमा राखेर त्यसमा सर्वसाधारण र अन्य विज्ञको समेत सुझावलाई ध्यानमा राखेर कार्यन्वयनमा जाने बताउनुभयाे ।
मन्त्री भट्टराइले निगम सुर्धान सुझाव दिन ५ सदस्यीय समिति गठन गर्नुभएकाे थियाे ।

