मन्त्री हेरफेरबारे छलफल भएकाे छैनः नेकपा अध्यक्ष प्रचण्ड
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री हेरफेरका विषयमा खासै छलफल नभएकाे बताउनुभएकाे छ ।
साथै उहाँले मन्त्री हेरफेरकाे विषय प्रधानमन्त्रीकाे स्वविवेकीय कुरा भएकाले आफूलाई मन्त्री हेरफेरबारे नसोध्न सञ्चारकर्मीलाइ अनुराेध समेत गर्नुभएकाे छ ।
मन्त्री हेरफेर गर्ने वा नगर्ने भन्ने प्रधानमन्त्रीको क्षेत्राधिकारको कुरा भएको अध्यक्ष प्रचण्डकाे भनाइ छ ।
सुदुरपश्चिम प्रदेशको धनगढीमा पत्रकारहरूसँगकाे कुराकानीमा प्रचण्डले पार्टी अध्यक्ष भएकाले मन्त्री हेरफेर गर्ने नै अवस्थामा प्रधानमन्त्रीले सल्लाह गर्ने उल्लेख गर्नुभयाे ।
उहाँले मिडियामा आएजस्तो यो मन्त्री जाने भयो रे यो आउने भयो रे भन्ने कुरामा सत्यता नरहेकाे स्पष्ट पार्नुभयाे ।
Facebook Comments

