त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक कलेजोको प्रत्यारोपण सफल भएको छ । कलेजाे प्रत्याराेपण सफल भएसँगै केही हदसम्म उपचारमा सहजता थपिने विश्वास गरिएकाे छ ।
डा. रमेशसिंह भण्डारीको टोलीले कलेजो प्रत्यारोपण गरेको हो । ‘विहान ७ बजेतिर सुरु भएको थियो । दिउँसो साढे ३ बत्रजेतिर सकियो । विरामी र डोनर दुबैको स्वास्थ्य सामान्य रहेकाे डा.भण्डारीले जानकारी दिनुभयाे ।
विरामी र दाताको नाम सार्वजनिक गरिएको छैन । तर ४४ वर्षका पुरुषलाई २८ बर्षीय नातामा ज्वाइँले कलेजो दिएकाे बताइएकाे छ । शिक्षण अस्पतालले पहिलो पटक जेठ १७ गते कलेजो प्रत्यारोपण गरेको थियो ।
Facebook Comments

