संसदकाे बजेट अधिवेशन सकिँदै

संसदको चौथो अधिवेशन बिहीबार सकिँदैछ । बजेट अधिवेशनका रूपमा समेत रहेकाे याे अधिवेशन गुठी विधेयक, मिडियासम्बन्धी विधेयक, नागरिकता विधेयकबारे कुनै छलफल नभइकनै समापन गर्न लागिएकाे हाे ।

गत बैशाख १६ गते सुरु भएको संघीय संसदको चौथो अधिवेशनले सरकारको नीति तथा कार्यक्रम र बजेट पारित गर्‍यो ।

पाँच महिनासम्म चलेको संसद अधिवेशनले भूमिसम्बन्धी विधेयक, विज्ञापन नियमनसम्बन्धी विधेयक, राष्ट्रिय परिचयपत्रसम्बन्धी विधेयक र प्रहरी सँगसम्बन्धित दुईवटा विधेयक पारित गरेको छ ।

तर, नागरिकता ऐन संशोधन, मिडिया काउन्सिल, संघीय निजामति कर्मचारीको सेवा शर्त गठन र तीन तहको अन्तरसम्बन्ध सम्बन्धी विधेयकहरु संसदीय विषयगत समितिमा छलफलमै रहेका छन् ।

Facebook Comments