एनसेललाइ कर तिराउन जनदबाव दिन्छाैंः लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद राजेन्द्र लिङ्देनले एनसेल प्रकरणले व्यापारी, कर्मचारी, राजनीति र न्यायलयवीचकाे मिलेमताेमा हुने भ्रष्टाचारकाे रूप छर्लङ्ग भएकाे बताउनुभएकाे छ ।
‘एनसेलको भ्रष्टाचारको मुद्दा संसदमा उठाइरहेकोमा त्यत्तिकै सेलाएको छ । यो प्रकरण कुनै एउटा विषयमा भएको भ्रष्टाचार मात्र होइन, व्यापारी, कर्मचारी, राजनीति र न्याय क्षेत्रसम्मको गठबन्धनमा राज्य दोहन भइरहेको उदाहरण पनि हो, लिङ्देनकाे भनाइ थियाे ।’
उहाँले सांसद र नेताहरुले नागरिकका अगाडि मुख देखाउन नहुने अवस्था यस्तै घटनाहरुले गर्दा उत्पन्न भएकाे टिप्पणी गर्नुभयाे ।
एनसेललाइ कर तिराउने निर्णय सच्याउने अवस्था नभए राप्रपाले सडकबाट जनदबाब सिर्जना गर्ने उहाँकाे भनाइ छ ।
संविधानको प्रणालीभन्दा अलग ढंगले मुलुकले बलियो सरकार भएपनि नागरिकका अाशा सम्बाेधन हुन नसकेकाे लिङ्देनले उल्लेख गर्नुभयाे ।
केन्द्र मात्र नभई प्रदेश र स्थानीय तहमा समेत नेपाल कम्युनिष्ट पार्टीले सुविधाजनक बहुमतमा रहेपनि विकासले गति लिन नसकेकाे उहाँकाे भनाइ थियाे ।
राजा ज्ञानेन्द्र केही मन्दिर र केही स्थानमा गएर केही मानिसलाई भेट्दा विकास हुन नसकेको हो ? प्रतिपक्षी दलले केही दिन सांसद अवरोध गरेका कारण मुलुकको विकास नभएको हो ? उहाँले सरकार समक्ष प्रश्न गर्नुभयाे ।
मेलम्चीमा भ्रष्टाचार भएको छैन, फोर जीमा भ्रष्टाचार भएको छैन ? ३८ क्वीन्टल सुन अवैध ढंगले भित्रिएको रहेछ खोई त्यसबारे सत्य तथ्य बाहिर गएको छ । नागरिकले न्यायका लागि किन एउटा टेलिभिजन कार्यक्रम संचालककोमा गएर न्याय माग्नुपर्ने अवस्था मुलुकका लागि चुनौतिको विषय होइन र ? उहाँकाे थप प्रश्न थियाे ।

