संविधान कार्यान्वयनमा दलहरु एकताबद्ध बन्नुपर्छः उपनेता नेम्वाङ

सत्तारुढ दलका उपनेता सुबासचन्द्र नेम्वाङले संविधान निर्माण गरेर ऐतिहासिक र महत्वपूर्ण राजनीतिक दायित्व पुरा गरेको बताउनुभएको छ ।

सम्पूर्ण राजनीतिक दलहरु एकताबद्ध भएर संविधान कार्यान्वयन गरेर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।

तिनै तहको निर्वाचन र मौलिक हक सम्बन्धि कानुनहरु निर्माण गर्ने कार्य गर्न राजनीतिक दलहरु सफल भएको नेम्वाङको भनाई छ ।

उहाँले संविधानअनुसार बनाइनुपर्ने सयौं कानुन बनेको र संविधान कार्यान्वयन गर्दै आजको अवस्थामा आइपुगेको, शान्ति प्रक्रियाको बाँकी कामहरु पुरा गर्ने तर्फ अगाडि बढिरहेको बताउनुभयो ।

Facebook Comments