वेगनासतालमा महाआरती

पर्यटकीय आर्कषणको केन्द्र पोखराको वेगनासतालमा तेस्रो संस्करणको महाआरती उत्सव सम्पन्न भएको छ ।

भाद्र १ देखि शुरु भएको महाआरती हरेक महिनाको १ गते हुदै आएको महाआरती कार्यक्रम संयोजक राममणी अधिकारीले जानकारी दिनु भयो ।

गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले महाआरती उत्सवले बेगनास बराहक्षेत्रलाई धार्मिक पर्यटनको क्षेत्रको रुपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो ।

बराह क्षेत्रको विकासको लागि पछिल्लो सयम स्थानीयले चासो राखेकोले बराह क्षेत्र धार्मिक पर्यटकीय क्षेत्र बन्ने उहाँको भनाई थियो ।

प्रदेश सरकार मार्फत बेगनास र बराह क्षेत्रको विकास र प्रवद्र्धनको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धत्ता जनाउनुभयो ।

पोखरा महानगरपालिका वडान. ३१का अध्यक्ष कमल थापाले आफ्नो वडामा पर्ने बेगनासताल र बराह क्षेत्रको विकासको लागि वडाले सक्दो सहयोग गर्ने बताउनुभयो ।

महाआरतीमा स्थानीयहरुको उलेख्य सहभागिता रहेको थियो । कार्यक्रको सञ्चालन स्थानीय कृष्ण प्रसाद ढुङगानाले गर्नुभएको थियो ।

Facebook Comments