पर्वतको महाशिला गाउँपालिकामा लायन्स क्लबको निशुल्क स्वास्थ्य शिविर

महाशिला गाउँपालिका वडा नं. ५ पर्वत स्थित लुखु स्वास्थ्य केन्द्रमा वृहत निशुल्क स्वास्थय शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा फेवा सिटी, लायन्स क्लब अफ पोखरा लालिगुराँस, लायन्स क्लब अफ पोखरा डेष्टिनेशन, लायन्स क्लब अफ पोखरा पिस होम, लायन्स क्लब अफ पोखरा वर्किड्ड टुगेदरको अयोजनामा निशुल्क स्वास्थ्य शिविर भएको हो ।

गण्डकी मेडिकल कलेज पोखरा र मनिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा भएको उक्त शिविरको स्थानीय व्यवस्थापन महाशिला गाउँपालिका र वडा नं ५ ले गरेको थियो । शिविरमा एक हजार जनाले स्वास्थय जाँच गराएका थिए ।

शिविरमा हाड जोर्नी तथा नशा, नाक, कान, घाटी, स्त्री रोग परिक्षण, छाला तथा यौन रोग, दाँत, भिडियो एक्सरे ल्याव परिक्षण र भिडियो एक्सरे सेवा प्रदान गरिएको थियो । त्यस अवसरमा निशुल्क औषधी समेत वितरण गरिएको थियो ।

शिविरमा डा. सरस्वती न्यौपाने, डा.प्रकाश शर्मा, डा.कविता शाहा, डा. प्रज्वल पुडासैनी, डा. राजेश महर्जन, डा. प्रविन श्रेष्ठ, डा.शैलेसप्रसाद श्रेष्ठ, डा.सोफाया माकाजु, डा.सुदिप गिरी, डा.सुरेश भकारी, डा.सुमन पौडेल, डा.कविन्द्र थापा, डा. प्रेम भुजेल, डा. प्रिटीना नकर्मी तथा नर्सहरु सुविता श्रेष्ठ, विमला काफ्ले, वर्षा बराल, अञ्जना तिमिल्सिना, तारादेवी शर्माको टोली खटिएको थियो ।

Facebook Comments