कांग्रेसलाई जनताको पूर्ण साथःनेता शेखर काेइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्र, राष्ट्रियता र धर्मका विषयमा जनताको पूर्ण साथ रहेको बताउनुभएको छ ।
नेता कोइरालाले युवा पुस्ताले गुमेको कांग्रेसको मत जोगाउन जनताकाबीचमा जानुपर्ने बताउनुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेसको मागमा कांग्रेस सकारात्मक भएको प्रतिक्रिया दिँदै अफ्ठ्यारो स्थितिमा साथ लिने÷दिने काम भएको कोइरालाको भनाई छ ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम छैटौं जिल्ला अधिवेशन पश्चात पहिलो जिल्ला परिषदमा नेता कोइरालाले कांग्रेस पार्टीको वर्तमान चरित्र फरक बनाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले कम्युनिस्ट चरित्र कांग्रेसमा पलाउँदा प्रजातन्त्र मात्र होइन देश नै संकटमा फस्न लागेको बताउनुभयो ।
वर्तमान सरकार इतिहासमै कमजोर भएको तर्क गर्दै नेता कोइरालाले शान्ति सुरक्षा, भ्रष्टाचार, दण्डहिनता, महंगी बढेको बताउनुभयो ।
ओली सरकार नातावादमा फसेको भन्दै व्यापारीसँग नाफा लिन र भ्रष्टाचार गर्नमा लिप्त बनेको आरोप समेत लषउनुभयो ।
विभिन्न विधेयकमा दोष देखाउँदै काँग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका कोइरालाले भेनेजुएलाका कम्युनिस्ट नेपालमा अध्ययन गर्न आउनु दुखद् भएको टिप्पणी गर्नुभयो ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको प्रथम परिषदमा कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले वर्तमान असन्तुष्टिलाई कांग्रेसका युवाले सम्हादै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
वर्तमान सरकारको प्रधानमन्त्री केपी ओलीको फिल्म चल्न छोडेको प्रसंग कोट्याउँदै प्रतिरोध गर्नसक्ने क्षमता कांग्रेसले बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष अजयकुमार राई, कांग्रेस कास्की सभापति कृष्ण केसी, नेता मोहन ज्ञवाली, ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका इन्दिरा सापकोटा, मुरारी शर्मा, जीतबहादुर गुरुङ, सस्सा गुरुङ, सकुन्तला शर्मा लगायतले मजदुरको पक्षमा ओली सरकारले काम गर्न नसकेको आरोप लगाएका थिए ।
उद्घाटन सभामा केशव भट्टराई, मनोज गुरुङ, कुलदेवी बराल, सूर्यचन्द्र हड्खले, ज्ञाज शर्मा, कमलबहादुर सापकोटा, रुद्रप्रसाद तिमिल्सिना, केदार धमला, शंकरबहादुर खत्री लगायतले बोलेका थिए ।
परिषदमा युवा र महिला समिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृति मुरारी शर्माले जानकारी दिनुभयो । युवा समितिको अध्यक्षमा सूर्य पराजुली, उपाध्यक्षमा निरज अधिकारी, सचिवमा गणेश कार्की, सहसचिवमा पूजा गुरुङ, कोषाध्यक्षमा कृष्णप्रसाद शर्मा र सदस्यहरुमा रोहित आचार्य, देवकुमार चौधरी, मनोज डुम्रे, प्रदीपकुमार ठाकुर र सन्तोष आचार्य चयन भएका छन् ।
महिला समितिमा पूर्णकुमारी गुरुङ अध्यक्ष, उपाध्यक्षमा देवकी बराल, सचिवमा भीममाया गौतम, सहसचिवमा श्रद्धा सुवेदी, कोषाध्यक्षमा हिरा अधिकारी र सदस्यहरुमा रीता कार्की, शान्ति गुरुङ, ऋषिमाया लामिछाने, देवकी तामाङ, कमला लम्साल चयन भएको सहायक निर्वाचन अधिकृत कुलदेवी बरालले जानकारी दिनुभयो ।
सभामा सचिव रुद्रप्रसाद तिमिल्सिना र कोषाध्यक्ष शंकरबहदुर खत्रीले प्रतिवेदन प्रस्तुत गरेको जिल्ला सहसचिव केदार धमलाले जानकारी दिनुभयो ।

