मौलिक अधिकार कार्यान्वयन हुँदै जान्छः मुख्यमन्त्री गुरुङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान कार्यान्वयनको चरणमा रहेको बताउनुभएको छ ।
संघीय राज्य प्रणाली अपनाएको छोटो अवधिमा नै जनताको मौलिक अधिकार कार्यान्वयनको अपेक्षा गर्नु न्यायोचित नहुने बताउनुभयो ।
संविधान दिवसका अवसरमा पोखरामा आयोजित कार्यक्रममा उहाँले संविधान सहि ढंगले कार्यान्वयन भइरहेको जिकीर गर्नुभयो ।
राजनीतिक, सामाजिक, आर्थिक, अन्तर्राष्ट्रिय सरोकारका सम्बन्धमा राज्यले कस्तो नीति लिइरहेको छ भन्ने विषय महत्वपूर्ण हुने मुख्यमन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
लोककल्याणकारी राज्यको अवधारणा संविधानमा परिकल्पना गरेको र सोही अनुसार प्रदेश र स्थानीय तथा संघीय सरकारले कार्य गरिरहेको उहाँको भनाई छ ।
Facebook Comments

