संविधानले जनतामा उत्साह थपिएको छः प्रदेश प्रमुख कुँवर(भिडियाे)
गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले संविधानले जनतामा उत्साह र प्रेरणा दिएको बताउनुभएको छ ।
गण्डकी प्रदेशमा संविधान दिवसको अवसरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कुँवरले संघीय, प्रदेश र स्थानीय सरकारले संविधान कार्यान्वयनतर्फ अगाडि बढिरहेका छन् ।
गणतन्त्र, संघीयता र लोकतन्त्र संविधानको महत्वपूर्ण पक्ष रहेको कुवँरले उल्लेख गर्नुभयो ।
गतिशील र न्यायपूर्ण समाज, दिगाे शान्ति, सुशासन र विकासका लागि संघीय गणातन्त्रलाइ सफल बनाउनुपर्ने उहाँकाे भनाइ छ ।
संविधान दिवसको मूल समारोहलाई सम्बोधन गर्नुअघि सहिदचोकमा रहेको सहिदस्तम्भमा पुगेर गण्डकी प्रदेश प्रमुख कुँवर, मुख्यमन्त्री, प्रदेश सरकारका मन्त्री, उच्च पदस्थ अधिकारी लगायतले सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।
Facebook Comments

