कास्की कार्यक्षेत्र भएका नेतालाई उम्मेदवार बनाउन गौतमको प्रस्ताव

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य बामदेव गाैतमले कास्की निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार नबन्ने बताउनुभएकाे छ ।

पार्टीकाे सचिवालय बैठकमा उहाँले कास्कीमा आगामि मंसिर १४ मा हुने उपनिर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराउनुभएकाे हाे ।

कास्कीमा रिक्त रहेकाे प्रतिनिधिसभा सदस्य पदका लागि कास्की नै कार्यक्षेत्र बनाएर कार्यरत साथीहरूलाइ नै उम्मेदवार बनाउनु उपयुक्त हुने समेत गाैतमले स्पष्ट गर्नुभएकाे छ ।

साथै नेता गाैतमले निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति हार्दिक आभार प्रकट गर्नुभएकाे छ ।

यद्यपि नेकपाले उपनिर्वाचनमा उम्मेदवारबारे भने कुनै निर्णय गरेकाे छैन् ।

Facebook Comments