चितवन मेडिकल कलेजले विद्यार्थीसँग लिएकाे अतिरिक्त शुल्क १ महिनाभित्र फिर्ता वा समायाेजन गर्ने

चितवन मेडिकल कलेजले विद्यार्थीसँग लिएकाे अतिरिक्त शुल्क १ महिनाभित्र फिर्ता गर्ने भएकाे छ । कलेज प्रशासन र आन्दोलनरत विद्यार्थीबीच शनिबार जिल्ला प्रशासन कार्यालयमा भएकाे वार्तामा यस्ताे सहमति भएको हाे ।

विगत १ महिनादेखि विद्यार्थीहरू विगत १ महिनादेखि आन्दाेलन गर्दै आएका थिए ।

जिल्ला प्रशासन कार्यालय चितवनमा भएको वार्तामा सरकार र आइओएमले तोकेकोभन्दा बढी लिइएको शुल्क ३० दिनभित्र फिर्ता गर्ने वा साविककै शुल्कमा समायोजन गर्ने सहमति भएको हो ।

विद्यार्थीले सञ्चालन गरेका सबै विरोधका कार्यक्रम आइतबारदेखि स्थगन गरी पठन पाठन सुचारू गर्ने, विद्यार्थीका अन्य माग आपसी छलफलबाट पुरा गर्ने लगायतका सहमति भएकाे छ ।

विद्यार्थीले कलेज प्रशासनसँग राखेका आन्तरिक मागका सम्बन्धमा भने कलेज प्रशासन र अभिभावकबीच आपसी समन्वय गरी समस्या समाधान गर्ने सहमति भएको छ ।

बढी शुल्क कसलाई कति फिर्ता गर्ने भन्ने विषयमा समिति गठन गरिएको र त्यसका आधारमा फिर्ता गर्ने रकम यकिन हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयाे ।

Facebook Comments