फिलिपिन्समा वृहत शान्ति महोत्सव सम्पन्न
फिलिपिन्समा वृहत शान्ति महोत्सव सम्पन्न भएको छ । हामी सबै शान्ति र दीगो विकासका लागि एक छौं भन्ने नारा सहित भएको महोत्सवमा ३० हजारको सहभागिता रहेको थियो । बुलाकनमा रहेको रंगशालामा भएको कार्यक्रम मार्फत् अन्तर्राष्ट्रिय शान्ति अभियानप्रति समेत एक्वेबद्धता जनाइएको थियो ।
विश्वबाट युद्ध अन्त्य र शान्ति प्रबद्र्धनको पक्षमा कार्यक्रम गर्दै आएको कोरियाली संस्था हेभन्ली कल्चर वल्र्ड पिस रेस्टोरेशन अफ लाइट एच डब्लु पि एलको सह आयोजना रहेको कार्यक्रममा सामाजिक, शैक्षिक, राजनीतिक तथा सरकारी निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

एचडब्लुपिएलका अध्यक्ष मान हि लि ले धर्म सम्प्रदायभन्दा माथि उठेर विश्व शान्तिका लागि एकताबद्ध हुनुपर्ने धारणा राख्नुभयो । साथै उहाँले समाजका सबै सदस्यको सामुहिक प्रयासले मात्र दिगो विकास र शान्तिलाई सुनिश्चित गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
फिलिपिन्स शान्ति घोषणापत्र जारी गर्दै सम्पन्न भएको थियो । जसमा सबै किसिमका सशस्त्र गतिविधिको अन्त्य सहित राष्ट्रिय तथा विश्व शान्ति प्राप्तिको विषय समावेश गरिएको छ ।

