श्रीलंकामा भाइ राष्ट्रपति दाजु प्रधानमन्त्री

श्रीलंकामा प्रधानमन्त्री र राष्ट्रपति दाजुभाइ बनेकाे समाचार छ । राष्ट्रपति गोताभाया राजापाक्षेले आफ्ना दाजु पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गर्नुभएकाे हाे ।

प्रधानमत्री रनिल विक्रमसिंघेले राजिनामा दिएसंगै महिन्दा राजापाक्षे प्रधानमन्त्री नियुक्त हुनुभएकाे हाे । महिन्दा सन् २००५ देखि २०१५ सम्म श्रीलंकाको राष्ट्रपति रहनुभएकाे थियाे ।

त्यसक्रममा महिन्दाले भाइ गोताभायालाई रक्षामन्त्री बनाउनुभएकाे थियाे भने यसअघिका राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यकालमा पनि महिन्दा प्रधानमन्त्री हुनुहुन्थ्याे ।

गत शनिवार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा गोताभाय राष्ट्रपतिमा निर्वाचित हुनुभएकाे हाे ।

दुई दशक भन्दा लामो समय चलेको गृहयुद्ध अन्त्यका लागि राजापाक्षे दाजुभाईको भूमिका महत्वपूर्ण मानिन्छ । 

श्रीलंकामा आगामी जनवरीमा संसदीय निर्वाचन हुँदैछ  ।

एजेन्सीकाे सहयाेगमा

Facebook Comments