सहसचिव पाण्डेको अभिव्यक्ति पदीय मर्यादा विपरीत : मन्त्री मगर निजी सचिवालय

खानेपानीमन्त्री विना मगरको निजी सचिवालयले नेपाल सरकारका वरिष्ठ सहसचिव राजनराज पाण्डेले आफ्नो पदीय मर्यादा विपरीत कार्य गरेको जनाएको छ । पाण्डेले खानेपानी मन्त्री र मन्त्रालयका सचिवले आफूलाई जिम्मेबारविहीन बनाएको भन्दै सामाजिक सञ्जाजमा कार्यसम्पादन मुल्यांकन फारम भरेर सार्वजनिक गर्नुभएको थियो ।

पाण्डेले आफूले घुस नखाएका कारण कुनै काम नगरेको र जिम्मेवारीविहीन बनाइएको जिकीर पनु गर्नुभएको थियो । मन्त्री मगरको सचिवालयले जारी गरको विज्ञप्तिमा सहसचिव पाण्डे संघीयता विपरीत कार्यमा संलग्न रहनुका साथै निजको विदेश भ्रमण स्वीकृत नभएपछि अनावश्यक आरोप लगाउन उद्दत भएको उल्लेख छ ।

पाण्डेले आफ्नो अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फारममा आफू घुस नखाने कर्मचारी भएकाले मन्त्री र सचिवले कुनै पनि जिम्मेवारी नदिएकाले काम गर्न नपाएको उल्लेख गर्दै सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।

Facebook Comments