अपराधमा संलग्नलाइ कारवाही गर्न प्रहरी सफलः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराधमा संलग्नहरूलाइ कार्वाही गर्न नेपाल प्रहरी सफल भएकाे बताउनुभएकाे छ । उहाँले निर्मला पन्तको बलात्कारपछिको हत्या र यस्ता घटनाहरु जघन्य अपराध रहेको बताउनुभयाे ।

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री थापाले यस्ता घटनाहरु पूर्ण रूपमा रोक्न नसकिने बताउनुभयाे । 

पत्रकार सम्मेलनमा बोल्दै थापाले भन्नुभयाे– ‘यस किसिमका अपराध नयाँ र पहिलो होइन । निर्मला प्रकरणहरु यसभन्दा अगाडि पनि थिए, आज पनि छ र भोलि पनि केही समयसम्म रहन्छ । यस किसिमको अपराधलाई पूर्ण रुपमा निषेध गर्न हामी सक्दैनौं ।’

निर्मला पन्त हत्या प्रकरण गृह मन्त्रालयसंग जोडिएको भन्दै भएको राजनीतिकरण दुःखद भएको मन्त्री थापाकाे भनाइ थियाे । पीडितलाई न्याय दिने कुरामा लानपर्ने भन्दै यसलाई राजनीतिकरण गर्न नहुने बताउनुभयाे । 

निर्मला पन्तको घटना राजनीतिकरण भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयाे । पत्रकार सम्मेलनमा ९५ प्रतिशत र समग्र अपराधमा संलग्नलाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरी ९७ प्रतिशत सफल भएको तथ्यांक प्रस्तुत गरिएकाे थियाे ।

गृहमन्त्रालयकाे उपलब्धिहरू

Facebook Comments