पोखरा रङगाशालाको फुटबल ग्राउण्ड प्राकृतिक नै हुन्छः मन्त्री विश्वकर्मा
युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरा रङशालाको खेलकुद ग्राउण्ड प्राकृतिकनै हुने बताउनुभएको छ ।
यस अगाडि खेल मैदानलाई कृतिम बनाउने भनेर गिट्टी समेत हाली सकेको भएपनि चौतर्फी विरोधको कारण प्राकृतिक नै बनाउन लागिएको हो ।
यसअघि कृतिम बनाउने कि भन्ने छलफल भए पनि सबैको राय सुझावका आधारमा प्राकृतिक बनाउन लागिएको मन्त्री विश्वकर्माले स्विकार गर्नुभयो ।
साग गेम ठिक तोकीएकै समयमा हुने भन्दै मन्त्री विश्वकर्माले पोखरा रङशालामा साग गेममा हुने खेल रङशालामै हुने बताउनुभयो ।
मंगलबार पोखरामा ४१ औ पुष्पलाल स्मृती दिवसको अवसरमा आयोजित ब्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दे मन्त्री विश्वकर्माले यस्तो जानकारी दिनुभएको हो ।

उहाँले पुष्पलालले देखाएको बाटोमा अविचलित रुपमा लागि परेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दिपक कोइरालाले आज पुष्पलाल श्रेष्ठकै कारण आफु कम्युनिष्टको कार्यकर्ता हुन पाएको बताउनुभयो ।
उहाँले नेपालमा कम्युनिष्टको आबश्यकता देखेर पुष्पलालले पार्टीको स्थापना गरेको भन्दै कोइरालाले पुष्पलालले कम्युनिष्ट पार्टीको माध्यमबाट नेपाललाई समृद्ध मुलुक र सुशासन युक्त देश बनाउने सपना पुरा गर्ने दायित्व आफुहरुको काधमा आएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजना तथा नेपाल राष्ट्रिय वाणिज्य संघ, कास्कीको सहयोगमा मंगलबारदेखि पोखरामा पुष्पलाल स्मृती प्रथम राष्ट्रिय, दोश्रो गण्डकी प्रदेश तथा चौंथो कास्की जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो ।

