भुमिहिनहरुको समस्या समाधान हुन्छ सभापति कोइराला
गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले भुमिहिनहरुको समस्या समाधान हुने बताउनु भएको छ ।
पोखरा ३२ खुदीखोला आरधाना तमुसमाजको पाँचौ साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दे कोइरालाले संविधानमै कोही घर विहिन हुन नपर्ने भनेर उल्लेख गरेकोले सकारले भुमिहिन जनताको लागि एक पटक आवासको ब्यबस्था गर्ने बताउनु भयो ।
संविधानमै सवैलाई रोजगारी हुने अधिकार हुने छ भनेकोले सरकारले जनतालाई रोजगारी दिनु पर्ने रोजगार दिन नसके बेरोजगारी भत्ता दिनु पर्ने बताउनु भयो ।

संविधानले दिएको अधिकार अब विस्तारै कार्यान्वयन हुने अबस्थामा रहेकोले निर्बाचनको बेला भनेका कुरा विस्तारै पुरा हुने बताउनु भयो ।
आरधाना तमु समाजका अध्यक्ष सुक बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडानं ३२का वडाध्यक्ष अक्कल बहादुर कार्की , रुपा तमु समाजका अध्यक्ष चेत बहादुर गुरुङ ,टोलका सल्लाहकार जेवी घले लगायतले बोल्नु भएको कार्यक्रम खेम तमुले सञ्चालन गर्नुभएको थियो ।

