अन्तराष्ट्रिय स्तरको शिक्षक सम्मेलन (टिचर्स इन पोखरा) आयोजना हुँदै
पोखरा । पोखरामा अन्तराष्ट्रिय स्तरको ३ दिने शिक्षक तामिल तथा कार्यशाला सम्मेलन हुने भएको छ । राष्ट्रिय शिक्षक सीप विकास फाउण्डेशन कास्कीको आयोजना तथा केपिजे विश्वविद्यालय र थिओला फाउण्डेशन नेदरल्याण्डको सहयोगमा सञ्चालन हुने तालिम टिचर्स ईन पोखरा (टिआईपि) को मुल नारा ‘वेटर टिचर, वेष्ट फ्युचर’ रहेको र सम्मेलन २१ औं शताब्दीको शिक्षाको मुल मान्यतामा हुने संस्थाका सचिव प्रेमबहादुर कुँवरले जानकारी दिनुभयो ।
आगामी चैत्र १९ गतेदेखि २१ गतेसम्म अर्थात अप्रिल २ देखि ४ सम्म चल्ने कार्यशालामा नेपालका शिक्षाविद् डा. विद्यानाथ कोईराला, नेदरल्याण्डस्थित शिक्षक तालिम प्रदायक विश्वविद्यालय केपिजे विश्व विद्यालयका प्राध्यापकद्वय यान हाइमन्स र वर्ट टोलाले नेपालको समसामायिक अवस्थामा ‘राष्ट्रिय तथा स्थानिय पाठ्यक्रम २१ औं शताब्दिमा शिक्षा’ र ‘विद्यालय एक नैतिक समुदाय’ विषयमा किनोट स्पिच तथा कार्यपत्र प्रस्तुत गर्ने छन् ।
सोही विषय वस्तुमा रही ४ वटा कार्यपत्र माथि कार्यशाला गोष्ठि हुनेछन् । तालिमको लागि नेदरल्याण्डसका बर्ट टोला र हाइमन्स, अमेरिकाबाट स्टेफन जनसन पोखरामा आईसकेका छन् ।
तालिममा सहभागीहरुले विभिन्न २४ वटा समुहमा आइसीटीमा आधारित भई कृयाकलापको प्रस्तुतिकरण गर्नेछन् र त्यस पश्चात शिÔा विज्ञहरुको उपस्थितिमा समसामयिक विषयमा पोखरा घोषणापत्र जारी गरिने लक्ष्य रहेको टिचर ईन पोखरा कार्यक्रमका संयोजक विश्वराज बास्तोलाले जानकारी दिनुभयो ।
कार्यशाला गोष्ठिमा डिजिटल लिटरेसी इन क्लास रुम, सहकार्यात्मक सिकाईका पद्दतिहरु, नेपालको सन्दर्भमा सहभागीतामुलक शिÔा तथा बहुसाँस्कृतिक कÔा कोठामा अङ्ग्रेजी भाषालाई कसरी प्रभावकारी रुपमा सिकाउने जस्ता विषयहरुमा सहभागीले विषयवस्तुमा गहन छलफल गर्ने सेमिनार हल, हाई स्पिड इन्टरनेट, कÔाकोठा लगायतको सुविधा तयारी पुरा भएको टिआचईपिका फोकल पर्सन युवराज त्रिपाठीले जानकारी दिनुभयो ।
फुलबारीस्थित भाष्कर मेमोरीयल र्बोर्डिक स्कुलमा संञ्चालन हुने तालिममा वाल प्रभात वोर्डिङ स्कुल, न्युरोड, गौरीशंकर मनिलाल मावि., ल्वाङघलेल, लक्ष्मी आवासिय मावि न्युरोड, ताराकुञ्ज सेकेन्डेरी स्कुल, पाटनवेसी तथा शिवशतिm क्याम्पस, फुलबारीको सक्रिय सहयोग तथा सहभागिता रहेको छ ।

